
सप्तरी – मोरङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
केराबारी गाँउपालिका-१० का १९ वर्षीय पिलिज बिकको मृत्यु भएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।
मंगलबार केराबारी गाँउपालिका-८ स्थित को २ त ६७०० नम्बरको ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टरमा ढुङ्गा लोड गरी लैजाने क्रममा ट्याक्टरको अगाडिको भाग उचालिँदा ट्याक्टरको स्ट्रिङमा बिक च्यापिएका थिए।
घाइते बिकलाई उपचारको लागि स्थानीय सुकुना अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ।
ईलाका प्रहरी कार्यालय केराबारीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।