१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २२, २०७८

उदयपुर – उदयपुरकी १५ वर्षीया कविता सुनुवारको हत्या उनकै साथीको सम्लग्नतामा भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । कविता र उनकी केटी साथी (सहकक्षी) बीचको झगडाको क्रममा कविताको हत्या भएको प्रहरीले दाबी गरेको छ ।

आजै मात्र प्रहरीले कविताको हत्या गरेको अभियोगमा एक पुरुष र एक छात्रालाई पक्राउ गरेको थियो । बियरको बोतल र ढुंगा प्रहार गरेर कविताको हत्या गरेको अभियोगमा बिनोद ढकाल र एक नाबालिग पक्राउ परेका छन् । पक्राउ परेकी नाबालिग कवितासँगै एउटै विद्यालयमा अध्ययनरत थिइन् ।

प्रहरीले नाबालिग र कविताबीच धेरै अगाडीदेखिनै मनमुटाब भएको बताएको छ। सोही कारण काकाको छोरा विनोदसँग मिलेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार उनीहरु तीनजना ट्युशन पढ्न सँगै गएका र बाटोमा पुगेपछि विवाद बढ्दै जादा कविताको हत्या गरिएको हो । विनोद बहिनीलाई पुर्याउन भन्दै गएका थिए ।

ट्युशन पढ्न गएकी सुनुवारको शव घोप्टो परेको अवस्थामा यसोधा खोलाको डिलमा भेटिएको थियो । शव भेटिएपछि स्थानीय र आफन्तहरुले सुनुवारको हत्या गरेको भन्दै छानबिन गर्न माग गर्दै नाराबाजी गर्दै आएका छन् । मृतक सुनुवार श्री कोशी जनता उच्च मावि रामपुरमा कक्षा १० मा अध्ययनरत थिइन् ।

विद्यालय जान निस्किएकी सुनुवारको आज बिहान हत्या गरेको अवस्थामा शव फेला परेको हो । उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको कविता अध्ययनरत विद्यालयका प्रधानाध्यापक सुर्य नारायण साहले बताएका छन् । विद्यालयले एक विज्ञप्ती जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाएर र कडा सजाय दिन माग गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]