१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २२, २०७८

काठमाडौं – जीवन रक्षकसहितका औषधि ठप्प पार्ने औषधि व्यवसायी संघको निर्णयप्रति नेपाल औषधि थोक व्यवसायी संघले आपत्ति जनाएको छ । संघले अतिआवश्यक औषधि उपभोक्ताले सहज पाउनुपर्ने बताएको हो । संघका अध्यक्ष शीबराज बाँस्कोटाले औषधि क्षेत्रभित्र देखिएको समस्या सम्बोधन गर्न औषधि व्यवस्था विभाग संवेदनशिल हुनुपर्ने बताए ।

उनले भने, ‘उत्पादक ,आयातकर्ता , औषधि व्यवस्था विभाग एकआपसमा सहकार्यका माध्यमबाट जनतालाई सहज र सरल रुपमा औषधि उपलब्धताको लागि पहल गर्नु भन्दा रेटका कुरामा मत भिन्नाता राख्दै बसेको बेला छ । समस्या के के हो खुल्ला रुपमा सरोकारवालालाई एकै ठाउँमा उपस्थिति गराई छलफलका माध्यमबाट हल गर्नुको साटो सबै आ–आफनै स्वार्थका पछाडि लागेको छन् । आयातकर्ताबाट अनिवार्य मुल्य सूची प्रकाशन गर्ने कार्यलाइ अगाडि बढाउनुपर्छ ।’

नेपाल औषधि व्यवसायी संघले बैशाख १ देखि सबै प्रकारका औषधि आयात ठप्प पार्ने जनाएको छ । पैठारी सिफारिस पत्रका लागि आयातकर्ता व्यवसायीहरुले औषधि व्यवस्था विभागमा दिइने निवेदनमा उल्लेख गरिने प्रतिबद्ध मूल्य हटाउनुपर्ने माग राख्दै संघ आन्दोलनमा छ ।

सरकारले माग सम्बोधन नगरे जीवन रक्षक, आइसीयू, सीसीयूमा प्रयोग हुने औषधिलगायत सबै औषधि समेत आयात नगर्ने संघले जनाएको छ । प्रतिवद्ध मुल्य लेख्नुपर्ने कुनै कानुनी बाध्यता नभएपनि विभागले बाध्यकारी बनाएको औषधि व्यवसायी संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]