
एजेन्सी – चीनमा फेरि एकपटक कोरोना भाइरसको संक्रमण तीव्रगतिमा बढिरहेको छ ।
चीनमा सोमबार १६ हजार ५९० नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १ हजार २३५ जनामा संक्रमणको लक्षण देखिएको छ । तर, १५ हजार ३५५ संक्रमितमा कुनै लक्षण देखिएको छैन ।
चीनको व्यापारिक सहर सांघाईमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । चीन सरकारले विच्याटको आधिकारिक अकाउन्टबाट मंगलबार सांघाईमा १३ हजार ८६ नयाँ कोरोना भाइरसका संक्रमित भेटिएको जानकारी दिएको छ ।
उनीहरुमध्ये २८६ जनामा लक्षण देखिएको छ भने बाँकी अधिकांश संक्रमितमा लक्षण नदेखिएको जनाइएको छ । गत आइतबार लक्षण नदेखिएका बिरामीको संख्या ८ हजार ५८१ रहेको थियो भने संक्रमणको लक्षण भएका ४२५ जना थिए ।