१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २२, २०७८

सप्तरी – अमेरिकाले बुल्गेरियालाई १.६ अर्ब डलर भन्दा बढीको लडाकु विमानको बिक्री गर्ने भएको छ । पूर्वी युरोपेली राष्ट्रको सेना आधुनिकिकरण गर्ने प्रयासलाई समर्थन गर्दै अमेरिकाले केही संख्यामा एफ–१६ बिक्री गर्ने विषयमा सहमती जनाएको हो ।

राज्य विभागले यो सम्झौता सोमबार पारित गरेको हो । ८ वटा लडाकु विमानका अलावा यसमा केही संख्याका क्षेप्यास्त्र, सेन्सर र विस्थापनका पार्टसहरु रहेका छन् । यो सहित कुल रकम १ अर्ब ६७ करोड डलर पुग्ने अमेरिकी रक्षा कर्पोरेन एजेन्सी (डीएससीए) ले जनाएको छ ।

‘यो प्रस्तावित बिक्रीले अमेरिकाको विदेश नीति र राष्ट्रिय सुरक्षा लक्ष्यलाई समर्थन गर्छ । यसले नेटोको सदस्यको सुरक्षामा सुधार गर्ने छ,’ एजेन्सीले जनाएको छ । यसले बुल्गेरियन वायु सेनालाई काला सागर क्षेत्रमा नियमित रुपमा आधुनिक लडाकु विमान परिचालन गर्नका लागि अनुमती दिन्छ ।

यद्यपि डीएससीएले यो बिक्रीले क्षेत्रमा आधारभूत सैन्य सन्तुलनको विकल्प नभएको जनाएको छ । यदि सांसदहरुले स्वीकृति प्रदान गरेमा अमेरिकी सम्झौताकारहरु बुल्गेरियामा तीन वर्षसम्म विमानको लजिस्टिक सपोर्टका लागि बस्नेछन् ।

यो लडाकु विमान लकहिड मार्टिनले उत्पादन गरेको हो र अमेरिकी हतियारमा उत्कृष्ट मध्येको एक बहु भूमिका भएको लडाकु विमान हो । यो विमान हाल विश्वका २५ सेनाले संचालन गरिरहेका छन् । २००४ देखि नेटोको गठबन्धनको सदस्य रहदै आएको बुल्गेरियाले पुरानो भइएसकेको सोभियत युगको मिग–२९ लडाकु विमानलाई विस्थापित गर्ने विकल्पको रुपमा प्रयोग गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]