२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २२, २०७८

उदयपुर – उदयपुरको बेलका नगरपालिका ३ बुद्धच‍ौकीस्थित विद्यालय जाँदै गरेकी एक बालिकाको हत्या भएको छ । एसईईको तयारीका लागि अतिरिक्त कक्षाका लागि विद्यालय जाँदै गरेकी १५ वर्षीया कविता सुनवारको जसोधा खोलामा हत्या भएको हो ।

स्थानीयले बालिकाको शव खोला किनारामा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । बिहान ४ बजे नै घरबाट विद्यालय गएकी बालिकाको बिहान ७ बजे स्थानीयले शव देखिपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले यसको विस्तृत जानकारी अनुसन्धानपछि खुलासा हुने जनाएको छ । प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले अनुसन्धानका क्रममा कर्तव्य गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन गर्न नसकिने बताए । उनले अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भइसकेकाले अनुसन्धानपछि मात्र घटनाको पहिचान गर्न सकिने बताए ।

कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिका एसईईको परीक्षा नजिकिँदै गर्दा तयारीका लागि ट्युसन पढ्न नियमित रुपमा बिहानै जाने गरेको परिवारका सदस्यले बताएका छन् ।

घटनास्थल विद्यालयदेखि करिब ७ सय मिटर र घरबाट करिब दुई किलोमिटर पर रहेको स्थानीय भरत घिमिरेले बताए । घिमिरेका अनुसार मृतक बालिकाको टाउकोमा चोट लागेको देखिन्छ । शवको प्रकृति हेर्दा कुटपिट गरी हत्या गरेको हुनसक्ने उनले बताए । घटनास्थललाई प्रहरीले सुरक्षा घेरामा राखेर अनुसन्धान गरिरहेको छ ।

कुकुरसहितको विशेषज्ञ टोली घटनास्थल आइपुगेको प्रहरीले जनाएको छ । स्थानीय र स्कुले बालबालिकाहरूले भने दोषीमाथि काबाही गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन् । नाराजुलुससहित निस्किएका विद्यार्थीले सडक र रामपुर बजारमा प्रर्दशन गरेका छन् । घटनामा संलग्न भएको आशंकामा २ जनालाई नियन्त्रमा लिइएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]