२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र २१, २०७८

सप्तरी – नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले पदभार ग्रहण गरेका छन् । उनले मंगलबार उक्त दलको केन्द्रीय कार्यालय रविभवन पुगेर पदभार ग्रहण गरेका हुन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत ८ गते गुरुङलाई अध्यक्षमा मनोनीत गरेका थिए ।

अध्यक्ष जीतजङ्ग बस्नेत काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि तरुण दल नेतृत्वविहीन बन्दै आएको थियो । काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकले म्याद सकिएका नेविसंघ, तरुण दललगायत १० भ्रातृ संस्था विघटन गर्दै तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष गुरुङ यसअघि तरुण दलको कोषाध्यक्ष थिए । पदभारपछि अध्यक्ष गुरुङले आउँदो निर्वाचनमा आफ्ना पार्टीको उम्मेदवारलाई जिताउनका लागि देशभर तरुण दलका युवालाई परिचालन गर्ने बताए । तरुण दलका यसअघि रहेका सबै निकाय यथावत रहने उनको भनाइ थियो ।

पूर्व अध्यक्ष बस्नेतले विगतका दिनभन्दा पनि बलियो तरुण दल बनाएर अगाडि बढाउन आग्रह गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए । अर्का पूर्वअध्यक्ष उदयशमशेर राणाले तीनै तहको निर्वाचनको जिम्मेवारी तरुण दलको काँधमा आएकाले यसलाई थप गतिशील बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]