२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २०, २०७८

रुकुम पूर्व – स्थानीय तहमा हरेक योजना तथा विभिन्न नीति, नियम, कानुन कार्यान्वयनका सन्दर्भमा उजुरी परिरहेका छन् । तर रुकुम पूर्वको एक स्थानीय तहमा भने ५ वर्षको अवधिमा एउटा पनि उजुरी परेको छैन ।

भूमे गाउँपालिका कार्यान्वयनमा आएको ५ वर्ष पूरा भएको छ । तर यस गाउँपालिकामा हालसम्म एउटा पनि उजुरी परेको छैन । सर्वसाधारण नागरिक, सरोकारवाला, राजनीतिक दल तथा तिनका नेताहरुले उजुरी गर्ने निकायमा कुनै पनि उजुरी परेको छैन ।

प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान, हेलो सरकार, सतर्कता केन्द्र, संघ, प्रदेश मन्त्रालय, विभाग र अन्य निकाय कुनैमा पनि उजुरी परेको छैन ।

प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले हालसम्म गाउँपालिकाकै कार्यालयमा भने यो अवधिमा २७ वटा मौखिक, लिखित र टेलिफोन मार्फत उजुरी आएको बताए। जसमध्ये २४ उजुरी फर्स्यौट भइसकेको र तीन वटा उजुरी फर्स्यौटको लागि लेखी पठाइएको अधिकृत श्रेष्ठले बताए । गत आर्थिक वर्षको कार्य सम्पादन मूल्याङ्कनमा पनि यो गाउँपालिकामा जिल्लाका अरु स्थानीय तहभन्दा उत्कृष्ठ भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]