२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २०, २०७८

सप्तरी – बुद्ध एयरले नयाँ वर्षको अवसर पारेर २०७९, वैशाख २ गतेदेखि भद्रपुर-पोखरा-भद्रपुर दैनिक सिधा उडान गर्ने भएको छ।

यस रूटका लागि बुद्ध एयरले शुरुवाती भाडादर रु. ६,९०० कायम गरेको छ। पोखराबाट भद्रपुर दिउँसो १ः२५ बजे भद्रपुरबाट पोखरा दिउँसो ३ बजे उडान हुनेछ।

यस उडानबाट दुबै प्रदेशका वासिन्दासँगै सिमापारी सिलिगढी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटकहरु भित्रिन सजिलो हुने बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

‘सिमापारिबाट आएका पर्यटकहरू भद्रपुरबाट पोखराको सिधा उडान भर्न सक्छन्। भद्रपुर वरिपरि रहेको विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यका साथै इलामका चियाबगान, हिमश्रृंखलाहरुको पनि पर्यटकहरुले अवलोकन गर्न सक्नेछन्’, विज्ञप्तिमा भनिएको छ।

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेज पनि ल्याएको छ।

भद्रपुर–पोखरा प्याकेजका लागि १५ हजार रूपैयाँमा २ रात ३ दिनको प्याकेज, जसमा दुईतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन शेयरिङ रूम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ।

बुद्ध एयर काठमाडौंबाहेक पोखरालाई देशको विभिन्न प्रदेशहरुसँग सिधा उडानले जोडेको छ। यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन), नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट सिधा उडान विस्तार गरिसकेको छ।

बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाज छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]