२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २०, २०७८

काठमान्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको पालामा जारी चुच्चे नक्सा हटाएर ‘दलाली’ गरेको आरोप लगाएका छन्।

एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्को १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्।

‘प्रधानमन्त्री देउवालाई किन भारत भ्रमणमा जान लाग्नुभएको भनी सोध्दा जवाफ आएन’, उनले भने, ” आखिर यसकै लागि जानुभएको रहेछ, चुच्चे नक्सा गायब गर्नुपरेको रहेछ।’

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा लिम्पियाधुरा-कालापानी नसमेटिएको पुरानै नेपालको नक्सा राखिएको भेटिएपछि ओलीले यस्तो आरोप लगाएका हुन्।

‘दिल्लीस्थित नेपालको राजदूतावासमा टाँगिएको फोटोमा नेपालको नक्सा बुच्चे नक्सा छ’, उनले भने, ‘यसभन्दा राष्ट्रिय दलाली, राष्ट्रको गौरव निहुराउने लज्जाजनक कुरा अरु के हुन्छ?’

ओलीले भारतबाट फर्किनुअघि चुच्चे नक्सा राखेर आउने-नआउनेबारे पनि प्रधानमन्त्रीसँग जवाफ मागेका छन्।

‘हाम्रो संविधानले भनेको रहेको नक्सा, हाम्रो सरकारले बनाएको नक्सा त्यो नक्सा झुण्ड्याएर फर्किनुहुन्छ कि, हटाएको राखेर फर्किनुहुन्छ शेरबहादुरजी?’, उनले भने

सरकारले राष्ट्रियता र भौगोलिक अखण्डताविरुद्ध गतिविधि बढाइरहेका बेला बुद्धिजीविहरु हात बाँधेर बसिरहेको ओलीले आरोप लगाए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]