२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १७, २०७८

काठमाडौं – बलिउड अभिनेता सलमान खानको सांगितिक कार्यक्रममा अभिनेत्री माला लिम्बूले डान्स प्रस्तुत गर्ने भएकी छन् । आउँदो जेठ १४ मा नेपाल आउदैछन् । सलमान नेपाल आउँदा काठमाडौंको मुटु टुडिखेलमा बृहत सांगीतिक कार्यक्रमको आयोजना हुँदै छ ।

उक्त कार्यक्रममा माला लिम्बूले ‘झकास झापाली’ र ‘काले दाइ’मध्ये एक गीतमा आफ्नो प्रस्तुति दिन लागेकी हुन् । मालालाई आयोजक ओडीसी इन्टरटेनमेन्टले प्रस्तुतिका लागि मौखिक सम्झौता गरिसकेको जनाइएको छ ।

प्रस्तुति ‘झकास झापाली’ र ‘काले दाई’ मध्ये एकमा दिने भएपनि कुनमा गर्नेबारे भने टुङ्गो भइसकेको छैन । यद्यपि प्रस्तुतिका लागि भने मौखिक सहमति भइसकेको आयोजक र माला लिम्बूको भनाइ छ ।

सलमान खानलाई नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पनि निमन्त्रणा गरेपछि उनी आउदो जेठ १४ मा आउन लागेका हुन् ।

यसअघि पनि सलमान नेपाल आउने चर्चा थियो । तर कोरोना महामारीका कारण उनी नेपाल आउने कार्यक्रम रद्द भएको थियो ।

सलमानको कार्यक्रममा प्रस्तुति दिन अन्य कलाकारहरुको नाम टुंगो लगाउन बाँकी रहेको आयोजकले जनाएको छ ।

सिंगापुरमा जन्मिएकी माला लिम्बू बिगत लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा छिन् । उनको दर्जनौँ म्युजिक भिडियोहरु पनि चर्चित छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]