२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १७, २०७८

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपिएल) मा रोयल च्यालेन्जर्स बैंगलाेर (आरसीबी) ले कोलकाता नाइड राइडर्स (केकेआर) लाई तीन विकेटले हराएको छ । गए राति कोलकाताले दिएको १२९ रनको लक्ष्य आरसीबीले १९ ओभर २ बलमा सात विकेट गुमाएर पूरा गर्‍यो ।

आरसीबीका सेरफेन रदरफोर्डले सर्वाधिक २८ रन बनाए । यस्तै, सहबाज अहमेदले २७ र डेविड विलेले १८ रन जोडे ।

केकेआरका टिम साउदीले तीन विकेट लिँदा उमेश यादवले दुई र सुनिल नारायनले एक विकेट लिए ।

टस हारेर ब्याटिङमा निम्त्याइएको केकेआरले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर १२८ रनको योगफल खडा गरेको थियो ।केकेआरका आन्द्रे रसेलले २५ रन बनाए । यस्तै, उमेश यादवले १८ रन जोड्दा साम विलिङ १४ रन बनाएर आउट भए ।

केकेआरलाई सस्तैमा समेट्न आरसीबीका बनिन्दु हसरंगाले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २० रन खर्चिए । यसबाहेक, आकाशदिपले तीन र हर्शल पटेलले एक विकेट लिए ।

जितसँगै बैंगलोरले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा बैंगलोर पञ्जावसँग ५ विकेटले हारेकाे थियाे । कोलकाताकाे यो पहिलो हार हो । पहिलो खेलमा कोलकाताले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]