२१ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र १६, २०७८

काठमाडौं – आगामी स्थानीय तहको निर्वाचनमा ठेक्कापट्टा (ठेकेदार) मा लागेको व्यक्ति उम्मेदवार बन्न नपाउने भएका छन् ।

सोमबार बसेको निर्वाचन आयोगको बैकठले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गर्दै सो कुरा उल्लेख गरिएको छ ।

आयोगले जारी गरेको निर्देशिका अनुसार ठेक्कापट्टा वा चल अचल सम्पती सम्बन्धि व्यवहारमा संलग्न व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख गरिएको छ । ‘कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको’ निर्देशिकामा भनिएको छ ।

त्यसैगरी २१ वर्ष उमेर पुगेको कुनै पनि नेपाली नागरिकले मनोनयन दर्ता गर्दा १९ बुँदे स्वघोषणा गर्नुपर्ने प्रावधान समेत लागू गरिएको छ ।

‘स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने र आफूले गरेको स्वघोषणा प्रति उम्मेदवार स्वंय जिम्मेवार हुनुपर्ने व्यवस्था गरेको छ ।’ जारी निर्देशिकामा भनिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]