२१ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र १६, २०७८

राजविराज – सप्तरीको तिलाठी कोईलाडी गाँउपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा ढिलाई भइरहेको प्रति जनता प्रगतिशील पार्टी नेपालको ध्यानाकर्षण भएको छ ।

पार्टीका केन्द्रीय सदस्य हेमशंकर सिंह राजपुतले विज्ञप्ति जारी गर्दै सामाजिक सुरक्षा भत्ता ढिलाई हुँदा लक्षित वर्गलाई औषधी उपचारमा समेत समस्या भएको उल्लेख गरेका हुन् ।

‘सप्तरीको अधिकांश स्थानिय तहमा दुई किस्ताको रकम वितरण भइसकेको र तेस्रो किस्ताको रकम वितरणको तयारी भइरहदा तिलाठी कोईलाडी गाउँपालिकामा हालसम्म एक किस्ता मात्र सामाजिक सुरक्षा भता वितरण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘जेष्ठ नागरिक, एकल महिला, फरक क्षमता भएका व्यक्ति बालबालिकासहित सिमान्तकृत समुदायको सुरक्षाका लागि राज्यले उपलब्ध गराउदै आएको आर्थिक सहयोग गाउँपलिकाले समयमा वितरण नगर्दा जेष्ठ नागरिकहरुको औषधी उपचारमा समेत कठिनाई उत्पन्न हुने गरेको छ ।’

ती समस्याहरुलाई मध्यनजर गर्दै समयमै सामाजिक सुरक्षा भत्ता वितरण विज्ञप्तिमा आग्रह गरिएको छ ।

‘तर्सथ कुनै पनि बहानामा सामाजिक सुरक्षा भता वितरणमा ढिलाई नगरी समयमै सामाजिक सुरक्षा भत्ता वितरण गरी जेष्ठ नागरिक, एकल महिला, फरक क्षमता भएका ब्यक्ति बालबालिका सहित सिमान्तकृत समुदाय प्रति सम्मान प्रकट गर्न जनता प्रगतिशील पार्टी नेपाल बिनम्रतापूर्वक आग्रह गर्दछ ।’, विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]