२१ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र १५, २०७८

मलंगवा – सर्लाहीको कौडेना गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले मंगलबार छापा मारेको छ । कोरोना संक्रमितलाई राहत बाँडनका लागि आएको पैसा हिनामिना भएको उजुरी परेपछि अख्तियारको टोलीले गाउँपालिकामा छापा मारेको हो।

७ सय ४२ कोरोना संक्रमित विपन्न परिवारलाई राहत बाँड्नका संघीय सरकारबाट ७४ लाख २० हजार रकम आएको थियो । त्यसबाट १२ लाख रुपैयाँ गाउँपालिकाले अन्य शीर्षकमा खर्च गरेको उजुरी अख्तियारमा परेको थियो । कोरोना संक्रमित परिवारलाई बाँड्नका लागि आएको राहतको रकम पालिकाले अन्यत्र खर्च गरेको उजुरी परेपछि छानबिन गर्न गाउँपालिकामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी विजय कुमार शर्माले बताए।

‘के कति रकम अन्यत्र खर्च भएको त्यो हामी छानबिन गर्छौं, कागजातहरु हामीले नियन्त्रणमा लिएका छौं,’ उनले भने। ७ सय ४२ जना कोरोना संक्रमित विपन्न परिवारलाई वितरणका लागि संघीय सरकारबाट पालिकामा ७४ लाख २० हजार रकम आएको लेखा अधिकृत हरिनारायण साहले बताए ।

त्यसबाट १२ लाख कोरोना संक्रमण नियन्त्रणका लागि खटेका कर्मचारीलाई तलबस्वरुप पालिकाले दिएको छ । ‘पछि सोध भर्ना हुने गरी पालिकाले त्यो रकम चलाएको हो । खर्च भएको पैसा आउनु वित्तिकै हामीले संक्रमितलाई वितरण गर्छौं, ‘साहले बताए । उनका अनुसार बाँकी पैसा अहिले खातामा जस्ताको त्यस्तै छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]