
काठमाडौं – नेकपा एमालेको जनसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको अध्यक्षमा सिराज महमद थारुकी निर्विरोध भएका छन् ।
काठमाडौंमा सकिएको छैटौं महाधिवेशनले सिराज नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कार्य समिति निर्विरोध चयन गरेको हो ।
संगठनको महासचिवमा तैयब हुसेन चयन भएका छन् ।