२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र १३, २०७८

बिराटनगर – कोरोना महामारीको बेलामा एम्बुलेन्सको दुरुपयोग गरी गाँजा तस्करी हुने गरेको खुलेको छ । प्रहरीले चेकजाँचका क्रममा एम्बुलेन्सबाट एक सय किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–२ रत्नरोडबाट प्रहरीले गाँजासहित एम्बुलेन्स चालक धरान–१५ का ३६ वर्षीय बलबहादुर लिम्बू र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई हाल धरान–११ बस्ने २८ वर्षीय पोशन राईलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सोमबार साँझ अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा गाँजा बरामद गरेको हो । एम्बुलेन्सको पछाडि राखिएको २५/२५ किलोको ४ वटा झोलामा एकसय केजी गाँजा बरामद गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]