२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र १२, २०७८

राजविराज – नेकपा एमाले, नेपाली कांग्रेस सहित विभिन्न पार्टीका प्रभावशाली नेताहरु जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन् ।

सप्तरीको राजविराजमा बुधबार आयोजित कार्यक्रममा संविधानसभा सदस्य समेत रहेकी एमालेकी प्रभावशाली महिला नेता रञ्जु कुमारी झा जसपामा प्रवेश गरेकी हुन् । सोही कार्यक्रममा नेपाली कांग्रेस निकट रहँदैआएका सप्तरी उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष अरुणकुमार प्रधान, मारवाडी समुुदायका अगुुवा समाजसेवी शंकर शारदा, प्रतिष्ठित व्यवसायी अनिल पेडिवाल सहित दर्जनौं अगुवाहरु जसपामा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई पार्टीका अध्यक्ष उपेन्द्र यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुु कुमारी यादव, पार्टीका केन्द्रीय नेता एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह, मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, सामाजिक विकास मन्त्री नवलकिशोर साह, नेता मनिस कुमार सुुमन लगायतले स्वागत गरेका छन् ।

नवप्रवेशी झा कम्युनिष्ट पार्टीमा विद्यार्थी जीवनकालदेखि नै आवद्ध हुुँदै अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारीको जिम्मेवारी समेत वहन गरिसकेकी छिन् । महिला मुक्ति आन्दोलनमा सक्रिय रहँदैआएकी उनी २०७० सालको संविधानसभा सदस्यमा समानुपातिकतर्फ संविधानसभा सदस्यभएकी थिईन् ।

चुनावी माहौल बढिरहेको अवस्थामा एकसाथ चर्चित हस्तीहरु जसपामा प्रवेश गरेपछि पार्टीका नेता तथा कार्यकर्ताहरुमा उत्साह थपिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]