२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १०, २०७८

मस्को – रुसको सरकारी टेलिभिजन च्यानल रुस२४ ले आफ्नो रिपोर्टमा पूर्वी युक्रेनको खार्किभ प्रान्तको आइज्युम सहर नियन्त्रण गरेको दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेनकोफका अनुसार रुसी सुरक्षाबल विशेष सैन्य अभियान जारी राख्नेछन् । इगाेरले भने, ‘२४ मार्च बिहानसम्म रुसी सेनाका इकाईले खार्किभ क्षेत्रको आइज्युम सहर पूर्णरुपमा आफ्नो हातमा लिएका थिए ।’

तर उक्त सहरका युक्रेनी प्राधिकरणले लडाई अझै जारी रहेको बताएका छन् । यस साताको सुरुवातमा अमेरिकी रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीले नाम सार्वजनिक नगर्ने शर्तमा खार्किभको दक्षिणपूर्वको एउटा सहरमा युक्रेनी सेनाले जवाफी आक्रमण गरेको बताएका छन् ।

उनले समाचार एजेन्सी एएफपीसँग भने, ‘हामीले आज युक्रेनीहरुको महत्वपूर्ण लडाई देखिरहेका छौं र फिर्ता पाउने प्रयास जारी छ ।’

पूर्वी डोनबास क्षेत्र जानका लागि आइज्युम महत्वपूर्ण मार्ग हो । यसले उत्तर पूर्वदेखि दक्षिण पूर्व जानका लागि रुसी सुरक्षाबललाई सहयोग पुग्नेछ । खार्किभ क्षेत्रमा ५० हजार जनसंख्या रहेको यो एक क्षेत्रीय केन्द्र हो र महत्वपूर्ण रेलवे जक्सन पनि हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]