२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०९, २०७८

काठमाडौं – प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिताका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताएका छन् ।

नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप यही चैत १० देखि १४ गतेसम्म नेपालगन्ज रंगशालास्थित कभर्डहलमा हुनेछ । कोभिड–१९ महामारीका कारण यो वर्ष प्रतियोगिता केही समय ढिला गरी हुन लागेको ठकुरीले बताए ।

प्रतियोगितामा हरेक दिन दुई खेल सञ्चालन हुने अयोजकले जनाएको छ । पहिलो दिन नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबले खेल्नेछ भने अर्को खेल न्यु डायमन्ड एकेडेमीविरुद्ध आयोजक टिम लुम्बिनी युनाइटेड हुनेछ ।

प्रतियोगितामा आयोजकसहित नेपालका शीर्ष चार र भारतका दुई टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी (महाराष्ट्र) र हरियाना स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

“प्रधानमन्त्री कप भलिबल प्रतियोगितालाई नेपालगन्जको चिनारीका रूपमा विकास गर्ने हाम्रो प्रयास हो,” मूल आयोजक समिति संयोजक कृष्णा केसी नमुनाले भनिन्, “दक्षिण एसियाकै नम्बर एक क्लब च्याम्पियनसिपका रूपमा प्रधानमन्त्री कपलाई स्थापित गराउने हाम्रो लक्ष्य हो ।”

बुधबार प्रतियोगिताको वेबसाइट लन्च पनि गरिएको छ । मिस नेपाल नम्रता श्रेष्ठ यस प्रतियोगिताको सद्भावनादूत हुन् ।

प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुने टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रतियोगिताको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौँमा एपीएफ, छैटौँमा पुलिस र सातौँमा एपीएफ च्याम्पियन बनेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]