२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०८, २०७८

काठमाडौं – भुपेन्द्र बडुवाल हत्या घटनामा उच्च अदालत दिपायलबाट थुनामा राखि मुद्दा पुर्पक्ष गर्न आदेश भइ फरार रहेका तीन जना पक्राउ परेका छन् । पक्राउ परेका तीन जनालाई प्रहरीले आज अदालतमा दाखिल गर्ने जनाएको छ।

बडुवाल हत्या प्रकरणमा तत्काल पक्राउ अभियुक्तहरु मध्ये बर्दिया ठाकुरबाबा नगरपालिका ३ वर्ष २६ को सन्तोष भन्ने सबिनजंग शाही, कैलालीको लम्कीचुहा नगरपालिका ३ बस्ने वर्ष २८ को विकास खड्का र कैलालीको बर्दगोरिया गाउँपालिका २ २ बस्ने वर्ष २५ का लोकेन्द्र कुवँरलाई कैलाली जिल्ला अदालतबाट धरौटी तारेखमा छोडिएकोमा मुद्दाको पुनराबेदन हुँदा फागुन ५ गतेको उच्च अदालतको आदेशले तत्काल धरौटी तारेखमा छुटेका तीनै जनालाई थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको थियो।

आदेश कार्यन्वयनका क्रममा इलाका प्रहरी कार्यालय लम्की र बौनियाबाट खटिएको प्रहरी टोलीले चैत ७ गते तीन जनालाई पक्राउ गरेको थियो। उयनीहरुलाई आज कैलाली जिल्ला अदालतमा दाखिल गरिने प्रहरीले जनाएको छ।

कैलाली लम्कीचुहा नगरपालिका बस्ने वर्ष २३ का भुपेन्द्र बडुवालको पुस २३ गते टीकापुर नगरपालिका १ मा हत्या भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]