२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०६, २०७८

जोमसोम – आसन्न स्थानीय तह निर्वाचन सुरक्षाका लागि हिमाली जिल्ला मुस्ताङमा आइतबारदेखि म्यादी प्रहरी भर्ना अभियान सुरु भएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङले २ सय ३२ जना म्यादी प्रहरी पदपूर्ती गर्न भर्ना अभियान सञ्चालन गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारी अनुसार म्यादी प्रहरी भर्ना अभियान लगातार ६ दिनसम्म सञ्चालन हुनेछ ।यसका लागि प्रजिअ नेत्रप्रसाद शर्माको संयोजकत्वमा म्यादी प्रहरी छनौट समिति गठन भइसकेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

समितिले आवेदन दिएका मध्येबाट तोकिएको संख्यामा म्यादी प्रहरी जवान छनौट गरिने उनले बताए ।म्यादी प्रहरीका लागि आवेदन दिएर छनौट भएकालाई मेडिकल परीक्षण,सामान्य व्यायाम र दौड आदीको ट्रेनिङ दिइने प्रहरी निरीक्षक अधिकारीले उल्लेख गरे । म्यादीका लागि १८ वर्ष उमेर समूहदेखि ५४ वर्ष ननाघेका नेपाली नागरिकलाई आवेदन खुल्ला भएको उनले बताए ।

म्यादी प्रहरी भर्ना अभियान मापदण्ड अनुसार अवकाश प्राप्त पूर्वनेपाली सेना,शसस्त्र प्रहरी ,प्रहरीलाई म्यादी प्रहरीका लागि उच्च प्राथमिकता राखिएको छ । यस्तै, अवकाश प्राप्त वन रक्षक र यस अघि नेपाली सेना,सशस्त्र प्रहरी र प्रहरीमा भर्ना हुन आवेदन दिई शारिरीक परीक्षणमा सहभागी भई अयोग्य ठहरिएका ब्यक्तिलाई समेत दोश्रो प्राथमिकता राखेर म्यादी प्रहरी छनौट गर्ने प्रावधान तोकिएको छ ।

जिल्ला म्यादी प्रहरी छनौट समितिले छनौट गरेका म्यादी प्रहरीका लागि ४० दिनको कार्यभार दिईने छ ।उनीहरुले निर्वाचनमा सुरक्षा सहयोगमा योगदान गरेवापत ३० हजार २ सय ४० रुपैया तलब, खाद्यान्न खर्चमा ७ हजार २ सय र ६ हजार अतिरिक्त खर्च उपलब्ध गराइनेछ ।

मुस्ताङका प्रहरी निरीक्षक अधिकारीले म्यादी प्रहरीका लागि स्थानीय युवा कम र अधिकांश जिल्ला बाहिरका व्यक्ति रहेको जानकारी दिए ।म्यादी प्रहरीका लागि रुकुम,रोल्पा,सल्यान ,बाग्लुङ,म्याग्दीलगायतका व्यक्तिहरु मुस्ताङमा रोजगारका क्रममा आएको र उनीहरु म्यादीका लागि भर्ना गर्न उपस्थित भएको उल्लेख गरे ।

संघीयतासँगै २०७४ सालको निर्वाचनमा मुस्ताङमा १ सय ८५ जना म्यादी प्रहरी भर्ना गरिएको थियो । त्यसको तुलनामा अहिले ४७ जना म्यादी प्रहरी बढी हुने जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा मुस्ताङका ५ स्थानीय तहमा ३७ मतदान केन्द्र रहेकोमा यसपटक एक मतदान केन्द्र थपिएर ३८ मतदान केन्द्र पुर्‍याइको छ।

यस्तै, मुस्ताङका ५ स्थानीय तहमा कुल ९ हजार ४ सय २७ मतदाता रहेकोमा सो संख्या बढेर १० हजार ४ सय १४ जना मतदाता संख्या पुगेको छ । मुस्ताङको सबै भन्दा बढी मतदाता थासाङ गाउँपालिकामा छ भने सबैभन्दा कम मतदाता लोघेकर दामोदरकुण्ड गापामा छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]