
काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले निष्कासन गर्न लागेको १ अर्ब १० करोड रुपैयाँको ‘बीओके डिबेन्चर २०८६ (क)’ ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
बैंकले १ हजार अंकित दरको कुल ११ लाख इकाइ भएको उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो ।
यससम्बन्धी सम्झौतापत्रमा बैंक अफ काठमाण्डूका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्के र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले आज हस्ताक्षर गरेका छन् ।
उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।