
सप्तरी – राहदानी विभागले ई-पासपोर्ट वितरण सुरु गरेपछि काठमाण्डूको त्रिपुरेश्वरस्थित विभागमा दैनिक हजारौँ व्यक्ति राहदानीका निम्ति पुग्ने गरेका छन्।
दूरदराजबाट आएका सेवाग्राहीले घण्टौँ लाम लागेर सास्ती खेप्दा पनि राहदानी बनाउन निकै सकस भएको गुनासो गरेका छन्।
विभागले जनशक्ति अभावका कारण भिड धान्न कठिन भएको र सेवा प्रभावित भएको बताउँदै जिल्लाबाटै राहदानी लिन आग्रह गरेको छ।
सेवाग्राही र विभागका प्रवक्ता शरदराज आरणसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि
नेपालमा ई-पासपोर्ट वितरण सुरु, थाहा पाउनुपर्ने कुरा यस्ता छन्
ई-पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य, कहाँबाट कसरी लिने
इन्टरनेटको कम गतिले प्रयोगकर्ता हैरान; सेवा प्रदायक भन्छन्, ‘ग्राहक बढेर होइन, अन्य कारणले कम’