
सप्तरी – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै छन्। पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको लागि रुपन्देही आउने नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले रातोपाटीलाई बताए ।
भैरहवा विमानस्थल आएपछि बुटवलको एक होटेलमा प्रेस सेन्टरले पत्रकार सम्मेलन गर्ने छ । त्यसपछि प्रचण्डको प्रशिक्षण चल्ने कार्यतालिका रहेको छ । यसअघि हिजो नै माओवादी नेता वर्षमान पुन,चक्रपाणि (बलदेव) खनाल लगायतका नेताहरू रुपन्देही आइसकेका छन् ।