२४ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०३, २०७८

काठमाडौं – विदेशी बैंकले नेपालमा शाखा खोल्न २ करोड अमेरिकी डलर पूँजी तोकेको छ । नेपाल राष्ट्र बैंकले बुधबार विदेशी बैंक शाखा इजाजत नीति २०२२ जारी गर्दै सो चुक्ता पुँजी तोकेको हो ।

यो सँगै सन् २०१० मा जारी भएको ‘विदेशी बैंकद्वारा नेपालमा शाखा खोल्न दिने सम्बन्धी नीति, २०१०’ खारेज भएको छ । केन्द्रीय बैंकका अनुसार ‘इन्भेष्टमेन्ट ग्रेड’ को अन्तर्राष्ट्रिय रेटिङ पाएको विदेशी बैंकले मात्रै नेपालमा शाखा खोल्न पाउनेछ ।

नेपालमा शाखा खोल्न इच्छुक विदेशी बैंकले केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा निवेदन दिनुपर्नेछ भने सम्बन्धित देशको केन्द्रीय बैंकबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त गरेको हुनुपर्नेछ । नेपालमा निवेदन दिँदा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत अर्थात १० लाख अमेरिकी डलर डिपोजिट गरेको सक्कल भौचर पनि संलग्न गर्नुपर्नेछ ।

त्यसैगरी अन्तिम स्वीकृति पाउनु अगाडि बाँकी चुक्ता पुँजीको ९५ प्रतिशत भने बैंक ग्यारेन्टी अथवा नगदमै राष्ट्र बैंकमा दाखिला गरे पनि मान्य हुने जनाएको छ । नेपालमा कारोबार गर्न अनुमति प्राप्त गरेको विदेशी बैंकले नेपालमा थोक बैकिङको मात्रै अनुमति प्राप्त गर्नेछ ।

विदेशी बैकको नेपालमा सञ्चालित शाखाले एक कर्पोरेट अफिसबाट कम्तिमा १० करोड रुपैयाँमा मुद्दती निक्षेपको रुपमा स्वीकार गर्नुपर्नेछ । त्यसैगरी सर्टिफिकेट अफ डिपोजिट ९सीडी०को रुपमा पनि १० करोड रुपैयाँ नै स्वीकार गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]