२४ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०२, २०७८

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकामा १३ सय ट्राफिक प्रहरी परिचालन गर्ने भएको छ ।

होली मनाउँदा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गर्ने भएको हो ।

होलीको पूर्वसन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका एसएसपी उमेशराज जोशीले सबै ट्राफिक इकाइ तथा इन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिएका छन् ।

बिहानैदेखि डीसपीको नेतृत्वमा दुईवटा अनुगमन टोली, १४ मोबाइल टोली, सवारीसाधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गर्ने महाशाखाको योजना छ ।

Global bank
अवाञ्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादकपदार्थ सेवन गरी मोटरसाइकल हुइँक्याउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा तीनजनाभन्दा बढी सवार भई चलाउने, सवारीसाधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ, लोला हान्ने र अभद्र व्यवहार गर्नेमाथि प्रहरीले निगरानी राख्नेछ ।

यसबाहेक ठूलो आवाज निकाल्ने र मोडिफाइ गरी सवारी चलाउने, सवारीचालक अनुमतिपत्र नभएकाहरूले सवारीसाधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गरिने एसएसपी जोशीले बताए ।

उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाइएको छ । बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]