
पाल्पा – पाल्पाको रैनादेवी छहरामा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–३ ढुकुर खोलाका ५९ वर्षीय हरिबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ।
आफ्नै तीनतले घरको दोस्रो तलमा सुतिरहेको अवस्थामा आगलागी भएपछि जलेर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
उनका पत्नी र छोराछोरी अर्को घरमा सुतेकाले आगलागीबाट बचेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ।