
जाजरकोट – जाजरकोटमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । भेरी नगरपालिका २ बाहुनथानाबाट जिल्ला अस्पताल आउँदै गर्दा भेरी नगरपालिका २ स्याउलिबजार नजिक भे १ च २४०२ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।
घाइते ५ जनालाई प्रहरीले उद्दार गरी जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । घाइतेको अवस्था खतरामुक्त रहेको थापाले बताए ।