२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०१, २०७८

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले जलवायु परिवर्तन र कोरोना महामारीका कारण विश्वमा महिलामाथि विभिन्न प्रकारका हिंसा बढेको बताएका छन् । राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासंघ (डब्लुएनएफ) र ‘एभ्री बुमन’ नामक संस्थाद्वारा संयुक्तरुपमा मंगलबार यहाँ आयोजित ‘दक्षिण एसियाली महिला सम्मेलन’ को उद्घाटन गर्दै उनले महामारीको समयमा अधिकांश महिला आफन्तबाटै घरेलु हिसाको सिकार हुनुपरेको बताएका हुन् ।

‘विश्वव्यापी रुपमा पछिलो समय बढ्दै गएको महिला हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक छ’, उनले भने, ‘हालको अवस्थामा समाजमा महिलाहरुले शोषण र हिंसा भोग्नु दुःखद् विषय हो ।’ उपराष्ट्रपतिले पुनले नेपालको संविधानले सुनिश्चित गरेको महिला तथा बालबालिकासम्बन्धी हकअधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै महिला सशक्तिकरणको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु सबै सरोकारवालाको चासोको विषय हुनुपर्ने बताए ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताए । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले पछिल्लो समय अयोगमा सबैभन्दा बढी महिला घरेलु हिंसाका घटनाको उजुरी आउने गरेको जानकारी दिइन् ।

दक्षिण एसियाकी प्रसिद्ध लेखक एवं भारतीय महिला अधिकारकर्मी मीरा खन्नाले सम्मेलन दक्षिण एसियाली मुलुकमा महिला हिंसा न्यूनीकरण गर्न बनेका कानुनको कार्यान्वयनतर्फ सबैले ध्यान दिनुपर्ने बताइन् । भारतीय मानवअधिकारकर्मी एवं वातावरणविद् बन्दना शिवाले आर्थिक रुपले महिला सशक्त नभएसम्म हिंसाका घटनामा कमी आउने बताइन् ।

महिला हिंसाविरुद्धको आवाजलाई विश्वव्यापीरूपमा उठाउँदै हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन दुईदिने दक्षिण एसियाली सम्मेलन सुरु भएको हो । सम्मेलनमा महिला अधिकारकर्मी, लेखक, मानवअधिकारकर्मी गरी विभिन्न देशका १०० जना सहभागी रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]