
काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सीसँग सम्बन्धित वेबसाइट र एप्लिकेशन बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।
नेपाली श्रमिकलाई कोरिया रोजगारी अझै अनिश्चित
प्राधिकरणले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको फागुन १ को निर्णय अनुसार अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप्लिकेसन र अनलाइन सञ्जाल बन्द गर्न निर्देशन दिएको हो।
फागुन ३० मा आइएसपीहरुलाई प्राधिकरणले पठाएको पत्रमा त्यस्ता साइटहरू नेपाल भित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध गर्न भनिएको छ।