२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ३०, २०७८

सप्तरी – सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आइतबार राति दुधौली नगरपालिका-५ स्थित ठाकुरखोलाको तीन नम्बर पुलमा टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिमणि नेपालले जानकारी दिए।

उनका अनुसार बाडेगाउँबाट बेहुली लिएर उदयपुरको कटारी जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

उदयपुर कटारी नगरपालिका घर भएका २४ वर्षीय अजय दनवार र १९ वर्षीय दिपेन्द्र कुँवरको मृत्यु भएको हो।

‘उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो,’ प्रहरी निरीक्षक नेपालले भने।

बेहुला-बेहुली अर्कै गाडीमा गएका थिए। जन्ती बोकेको टिपर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरी निरीक्षक नेपालले बताए।

टिपरमा चालकसहित २८ जना सवार थिए। दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका थिए।

बाँकी चार जनाको अवस्था भने अझै गम्भीर रहेको उनले बताए।

घाइतेको उपचारको लागि दुई जनाको दुधौलीस्थित अस्पताल, चार जनालाई काठमाडौं र ८ जनालाई विराटनगर पठाइएको छ।

१० जनाको सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]