२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २९, २०७८

जाजरकोट – जाजरकोटको बारेकोट गाउँपालिकामा वन्यजन्तुले अन्नबाली सखाप पार्न थालेपछि किसान हैरान छन् । वन्यजन्तुबाट अन्नबाली जोगाउन यहाँका किसान खेतबारीमै रातभर जाग्राम बस्ने गरेका छन् ।

‘कति बेला बाँदर, स्याल आउँछ, सबै मकै खाएर जान्छ अत्तोपत्तो नै हुँदैन,’ बारेकोट गाउँपालिकाका रतनबहादुर नेपालीले भने, ‘राति पनि सत्न पाइँदैन, खेतमै जाग्राम बस्नुपर्छ ।’ मकैबाली जोगाउन टर्चको भरमा रातभर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

ध्यारगाउँका विष्णु गिरीले तीन रोपनी खेतमा मकै लगाएका छन् । ‘वन्यजन्तुबाट मकै जोगाउन सकिएन भने त पछि के खाने भन्ने चिन्ता हुन्छ,’ उनले भने । बाँदर, स्याल, दुम्सी, भालु लगायतका वन्यजन्तुले मकै खाने गरेको किसानले बताएका छन् ।

मकैबाली यहाँको मुख्य बाली हो । मकैले पनि वर्षभरको खाद्यान्न जोहो नहुने भएपछि आयातित अन्नमा जीवन चलाउनुपर्ने बाध्यता छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]