२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २९, २०७८

एजेन्सी – अमेरिकाले पाकिस्तानी बैंकहरुमाथि कडाई गर्न थालेको छ । अमेरिकाले पाकिस्तानको मुख्य बैंकिङ नियमक नेष्नल बैंक अफ पाकिस्तानमाथि ५ करोड डलरको जरिवाना समेत गरेको छ ।

पालिसी रिसर्च ग्रुप पोरेगले सम्पत्ति शुद्धिकरणसम्बन्धी कानूनको पालना नगरेको भन्दै जरिवाना गरेको उल्लेख गरेको छ । पेरिसमा मुख्यालय रहेको फाइनान्सियल एक्सन टास्क फोर्सले पाकिस्तानलाई कालो सूचीमा राखेको छ ।

पाकिस्तानमाथि आतंककारी समूहलाई आर्थिक कोषहरु पठाइरहेको आरोप लागिरहँदा पछिल्लो घटना विकास भएको हो । पोरेगका अनुसार गत महिना नेष्नल बैंक अफ पाकिस्तानमाथि अमेरिकाको फेडरल रिजर्भ बोर्डले सम्पत्ति शुद्धिकरण कानून उल्लंघन गरेकोमा २ करोड ४ लाख डलर जरिवाना गरिएको थियो ।

पाकिस्तानी बैंकले रकम ट्रान्जेक्सनमा नियमहरु उल्लंघन गरेको विषय उठाइएको थियो । सन् २०१७ मा पाकिस्तानको हबिब बैंक लिमिटेडमाथि न्यूयार्कको आर्थिक विभागले इतिहासमै सबैभन्दा ठूलो जरिवाना गरेको थियो । पोरेगको रिपोर्टमा सन् २०१९ मा दक्षिण अफ्रिकाको केन्द्रीय बैंकले एचबीजेड बैंक पाकिस्तानमाथि प्रतिबन्ध लगाएको थियो ।

सन् २०२० मा ६ वटा पाकिस्तानी बैंकको शंकास्पद ट्रान्जेक्सनमा २५ लाख डलर जरिवाना गरिएको थियो । ती बैंकहरुमा एलिड बैंक, युनाइटेड बैंक, हबिब मेट्रोपोलिटन बैंक, बैंक अल्फला, हबिब बैंक र स्टान्डर्ड चार्डन बैंक पाििकस्तान रहेका छन् । ती बैंकहरुबाट २०११ देखि २०१२ सम्म शंकास्पद गतिविधि भएको उल्लेख छ ।

सन् २०२० मै युएइको केन्द्रीय बैंकले हबिब बैंकमाथि अनुसन्धान बढाएको थियो । पाकिस्तानका बैंकहरुबाट आतंकवादी गतिविधिमा जोडिएकाहरुको ट्रान्जेक्सनको आशंका गर्दै अनुसन्धान बढाइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]