२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २९, २०७८

सप्तरी – तेह्रथुमको लालिगुँराश नगरपालिकाले आफ्नै भवन नहुँदा सास्ती बेहोर्नु परेको छ । सेवाग्रहालीलाई समयमै सेवा दिन कठिन । नगरपालिकाको भवन बनाउन पर्याप्त बजेटको अभाव ।
तेह्रथुम । मुलुकमा संघीयता कार्यान्वयन भएर तीन तहको सरकार बनेको चार वर्ष पुगिसकेको छ । संघ, प्रदेश र स्थानीय तहको सरकारले आफ्नो कार्यभार समाल्न थालेको पनि चार वर्ष पुगिसकेको छ । तर, कतिपय ठाउँमा स्थानीय तहकहरु भवन अभावका कारणले साँगुरो भवनबाट कार्य सम्पादन गर्न बाध्य भएका छन ।

यस्तै अवस्था तेह्रथुमको लालिगुँराश नगरपालिकाले पनि झेल्दै आएको छ। जनप्रतिनिधिले निर्वाचित भएर आएपछि लालिगुँराश नगरपालिकाले सानो भवनबाट सेवाग्राहीलाई सेवा दिन बाध्य भएको छ । सामुदायिक भवन नगरपालिकाले प्रयोग गर्दै आएको छ ।

नगरपालिकाका लागि बल्लतल्त भेटिएको सो भवन पनि साँघुरो भएकाले सेवा प्रवाहमा कठिनाइ भएको लालिगुँराश नगरपालिका– ३ का सुरेन्द्र कार्कीले बताए।
नगरपालिकाको भवन धेरै साँगुरो भएको कारणले धेरैजसो समय सेवा लिन समस्या भएको उनले बताए।

धेरै सेवाग्राही आएको बेला सबै काम एउटै कोठाबाट हुने हुँदा जनप्रतिनिधि र कर्मचारीहरु अल्मलिने गरेको कार्कीले जानकारी दिए । यस्तै लालिगुँराश नगरपालिका वडा– ८ का उक्तबहादुर तेयुङले नगरपालिका भवन जीर्ण अवस्थामा रहेको बताए ।

लालिगुराँस नगरपालिकाको भवन साँगुरो हुँदा नागरिक बडापत्र भित्र एकान्तमा राखिएको छ। नगरपालिकाको आफ्नै भवन नहुँदा वैकल्पिक भवनबाट सेवा प्रवाह गरिरहेको नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत निराजन श्रेष्ठले बताए । भौतिक असुविधाका कारण सेवाग्राहीलाई बस्ने ठाउँ, खानेपानीको सुविधा दिन नसकिएको प्रमुख प्रसासकिय अधिकृत श्रेष्ठले बताए ।

नगरपालिकामा बार्षिक करिब ४० करोडको बजेट भएपनि विकास बजेट करिब १० करोडको मात्रै हुने गरेको छ। जसमा आधा बजेट वडालाई विनियोजन गर्नै पर्ने अवस्था छ । बाँकी रहेको बजेटले नगरपालिकाले खानेपानी, सिँचाई, सडकजस्ता काममा छुट्याउनै परेको नगरप्रमुख अर्जुन माबोहाङले बताए।

नगर प्रमुख माबोहाङले भवन बनाउन करिब तीन करोड बजेट लाग्ने भएपनि त्यो बजेट नगरपालिकाले वार्षिक बजेटबाट विनियोजन गर्न नसक्ने बताए।
उनले भवन निर्माणका लागि प्रदेश वा संघीय सरकारबाट आर्थिक सहयोग भएमा जमिनको व्यवस्था गर्न सकिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]