२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २९, २०७८

राजविराज – सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ टेंग्रीमा शानिबार मध्यराति आगलागी भएको छ । स्थानीय डम्बर यादवको घरबाट राति पौने १२ बजे सुरु भएको आगलागीबाट त्यहाँका १० परिवारका ३२ घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष तेजनारायण यादवले जानकारी दिए ।

गाउँलेहरु गाउँमै भोज खाइरहेका बेला आगलागी भएका कारण घरमा रहेका कुनै पनि सरसामान कसैले निकाल्न सकेनन् । आगलागीबाट ४ वटा बाख्रा समेत जलेर मरेका छन् भने छोरीको विवाहको तयारीमा रहेका डम्बर यादपको २ लाख ५० हजार रुपैयाँ नगद, १ तोला सुन र १० तोला चाँदी समेत जलेको वडाध्यक्ष यादवले बताए ।

हनुमाननगर कंकालिनी नगरपालिका, शम्भुनाथ नगरपालिका र राजविराजस्थित प्रहरी तालिम केन्द्रको वारुणयन्त्र, प्रहरी र स्थानियवासीको सहयोगमा ३ बजे आगलागी नियन्त्रणमा आएको वडाध्यक्ष यादवले बताए । आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]