२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २९, २०७८

दोहा – नेपाली श्रमिकको प्रमुख गन्तव्य कतारमा सामाजिक सञ्जालको प्रयोगमा अपनाउनु पर्ने सावधानीसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ ।

दोहास्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको संयुक्त आयोजनामा सामाजिक सञ्जालको प्रयोगमा अपनाउनु पर्ने सावधानी सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो। दूतावासको सभाहलमा सीमित आमन्त्रितहरूको भौतिक उपस्थिति तथा अन्य सहभागीहरूका लागि भर्चुअल माध्यमबाट गरिएको हो ।

नेपाल पत्रकार महासंघ शाखा कतारको समन्वयमा भएको कार्यक्रमको उद्देश्यबारेमा एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान प्रकाश पारेका थिए । दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनालले कार्यक्रमको सान्दर्भिकता तथा उपादेयताबारे सम्बोधन गरेका थिए ।

कार्यक्रमका समन्वयकर्ता तथा प्रमुख वक्ता नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष करिम बक्स मियाले सामाजिक सञ्जालको प्रयोगमा अपनाउनु पर्ने सचेतनाबारे बिस्तृतरूपमा आफ्नो अनुभव सुनाएका थिए ।

कार्यक्रममा सहभागीहरूले पनि अनुभव साटासाट गर्दै प्रश्न राखेका थिए । सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कार्यक्रम उपयोगी रहेको सहभागीहरूले बताए।

पछिल्लो समय यहाँ कार्यरत नेपालीहरूले जथाभाबी भिडियो बनाएर टिकटकमा पोष्ट गर्ने गरेका छन्। कतिपय भिडियो कतारको कानुनी विपरीत हुने भन्दै नेपाली समुदायलाई सचेत गराइएको अध्यक्ष मुसलमानले बताए ।

कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कानुनीरूपमा कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]