
भारतीय विधानसभा चुनाव – को हुन् ती अनुहार, जोसँग हारे चन्नी, सिद्दु, बादल र धामीजस्ता नेता
रुसद्वारा युरोपमा दुई सयभन्दा बढी वस्तु निर्यातमा रोक, उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको अमेरिकी दावी
यूपीमा योगीको कीर्तिमानी जित – मुख्यमन्त्रीको सपथमा आउन नेपाली सांसदलाई निमन्त्रणा
वासिङटन डिसी – अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार युक्रेनमा रुससँग लड्न अमेरिकाले आफ्ना सेना नपठाउने बताएका छन्।
उनले ट्विट गर्दै आफूहरु पूर्ण शक्तिका साथ नाटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्ने बताए। उनले भने, ‘हामी पूर्ण शक्तिका साथ नाटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्छौं तर युक्रेनमा रुससँग लड्दैनौं। नाटो र रुसबीचको प्रत्यक्ष लडाइ तेस्रो विश्वयुद्ध जस्तै हुनेछ।’
बाइडेन पटक-पटक अमेरिकाले युक्रेनमा लडाईका लागि आफ्ना सैनिक नपठाउने बताउँदै आएका छन्। तर युक्रेनी राष्ट्रपति भोलोडिमी जेलेन्स्कीले बारम्बार नाटोसँग सैन्य सहयोग मागेका छन्।
जेलेन्स्कीले युक्रेनलाई ‘नो फ्लाई जोन’ घोषणा गर्न पनि माग गरेका छन्। तर, नाटोको सदस्य नभएको कारण पश्चिमी देशहरूले युक्रेनमा नाटोको हस्तक्षेप अस्वीकार गरे।
बरु अमेरिका र पश्चिमी देशहरूले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने तरिका अपनाएका छन्। युक्रेनमा रुसले आक्रमण गरेपछि अमेरिका र पश्चिमा राष्ट्रले रुसमाथि धेरै कडा आर्थिक प्रतिबन्ध लगाएका छन्। अमेरिकाले रुसबाट तेल आयातमा पनि प्रतिबन्ध लगाएको छ।
शुक्रबार, बाइडेनले रूसी वाइन, समुद्री खाना र हीराको आयातमा प्रतिबन्ध लगाए। योसँगै रुसका अन्य ठूला व्यापारीमाथि पनि प्रतिबन्ध लगाइँदैछ।