२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २७, २०७८

तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँले नाबालिग बलात्कारको आरोपी पल शाहका लागि मतियारको काम गरेको आरोपमा उनका म्यानेजर कृष्ण जोशी भनिने कृष्णप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको छ।
घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई हत्यासम्मको धम्की दिएको र बलात्कारका लागि बालिगलाई फकाउने र प्रबन्धमा संलग्न देखिएको भन्दै जोशीलाई शुक्रवार पक्राउ गरेर जिल्ला अदालत तनहुँबाट सात दिनको म्याद समेत लिएको छ।

पल शाहविरुद्ध प्रहरीमा जाहेरी परेपछि उनले केही युट्युब च्यानलमा नाबालिगसँग मिलेर आफूहरूले पल शाहलाई फसाउने षड्यन्त्र बनाएको र दुर्गेश थापासहितकाले त शाहको हत्याको समेत योजना बनाएको दाबी गरेका थिए। जानकारस्रोतका अनुसार जोशीले नाबालिगलाई जाहेरी दर्ता गर्ने तयारी गर्दा धम्क्याउने गरेका थिए। जाहेरी दर्ता गरे ज्यानै समेत जानसक्छ भन्दै उनी पलको पक्षमा माहौल बनाउन समेत सक्रिय थिए।

जाहेरी दर्तापछि लुकेका पल शाहले आफ्नो फेसबुक पेजमा जोशी सहितको अडियो सार्वजनिक गरेका थिए। अडियोको अनुसन्धानमा सो अपुरो रहेको र आफू अनुकूल कुराकानी मात्रै राखेर अनुसन्धान जारी रहेको विषयमा सर्वसाधारणलाई भ्रम फैलाउन जानाजान अडियो सार्वजनिक गरिएको देखिएको अनुसन्धानमा संलग्न स्रोतले उकेरालाई जानकारी दिएको छ।

तनहुँ प्रहरी र नवलपरासी प्रहरीले नाबालिगको बलात्कार गरेको आरोपमा कलाकार शाहलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। तनहुँ र नवलपरासीमा दिएको बयानमा शाहले नाबालिगसँग प्रेम सम्बन्ध रहेको स्विकार गरेका छन्। तर बलात्कार गरेको भने अस्विकार गरेका छन्। पहिलो पटक सात दिनको म्याद पाएको प्रहरीले दोस्रो पटक १२ दिनको म्याद पाएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]