२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २६, २०७८

भैरहवा – बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुम्मा चन्दल नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । उपाध्यक्ष चन्दलाई कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले बिहीबार सदस्यता प्रदान गर्दै कांग्रेसमा स्वागत गरेका हुन् ।

नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित चन्दलाई राष्ट्रिय सदस्यको निर्वाचनमा अन्तरघात गरेको भन्दै एमालेले कारबाही गरेको थियो ।

शिवनाथको सुल्लेखानमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले बताए ।

तीनदिन अघि मात्रै एमालेले चन्दलाई पार्टीबाट कारबाही गरेर निष्कासन गरेको विज्ञप्ति निकालेको थियो । उपाध्यक्ष चन्दले भने आफूलाई सफाइको मौकासमेत नदिई पूर्वाग्रही ढंगले कारबाही गरेको आरोप लगाएकी थिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]