२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २६, २०७८

सप्तरी – बलिउड अभिनेता कार्तिक आर्यनलाई एक फ्यानले आफूसँग विवाह गरे २० करोड रुपैयाँ दिने अफर दिएकी छन्।

सामाजिक सञ्जालमा भिडिओ शेयर गर्दै कार्तिकले पनि रमाइलो जवाफ दिएका छन्। अहिले कार्तिकको यो भिडियो र ती युवतीले गरेको कमेन्ट सामाजिक सञ्जालमा भाइरल झैं भएको छ।

उक्त भिडिओमा ती युवतीले कार्तिकको गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘धमाका’ को संवाद बोलेकी छन्।
यस फिल्मको क्याप्सनमा कार्तिकले लेखेका छन्, ‘क्युट अर्जुन पाठक। उनको यो भिडिओमा धेरै फ्यानहरूले सकारात्मक कमेन्ट गरेका छन्। त्यहीँ ती युवतीले कमेन्ट गर्दै कार्तिकलाई आफूसँग बिहे गरे २० करोड भारु दिने लेखेकी थिइन्। जसमा कार्तिकले पनि ठट्टा गर्दै ‘कहिले’ लेखेका छन्।

हाल कार्तिक आफ्नो आगामी फिल्म ‘शहजादा’ को सुटिङमा व्यस्त छन्। ‘शहजादा’ अल्लु अर्जुनको तमिल फिल्म ‘अला वैकुन्ठपुरमुलु’को हिन्दी रिमेक हो। रोहित धवन निर्देशित ‘शहजादा’मा कार्तिकका अलावा परेश रावल, रोहित बोस रोय, मनिषा कोइराला, सचिन खेडकर र अंकुर राठी पनि मुख्य भूमिकामा छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]