१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २६, २०७८

गुलरीया – तरकारी बजारमा महिलाको घाँटीबाट सुनको सिक्री तानेर (चोरेर) भाग्दै गरेको अवस्थामा बर्दिया प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको रानीघाट नगरपालिका–२० बस्ने २१ वर्षीय राकेश सिंह राठौर र सोही ठाउँका १८ वर्षीय साहिल राय छन्।

प्रहरीका अनुसार उनीहरुले बुधबार साँझ ७ बजेको समयमा बर्दियाको बढैयाताल गाउँपालिका–८ शीतलाबजार (हाटबजार)मा तरकारी किन्दै गरेकी महिलाको घाँटीबाट सुनको सिक्री तानेर भागेका थिए।

पीडित महिला र स्थानीयले दिएको सूचनाका आधारमा प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

सुनको सिक्रीसहित पक्राउ परेका दुवैलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]