
पाल्पा – पाल्पामा दुई दिनमा चार जना युवक लागूऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा मंगलबार तीन जना तथा बुधबार एक जना गरी चार जना युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चारै जना बाग्लुङ्ग जिल्लाका रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले दिएको जानकारी अनुसार बाग्लुङ्ग नगरपालिका वडा नं. ८ घरभई हाल बाग्लुङ्गको हल्लनचोक बस्ने २३ वर्षीय सन्जय नेपाली, ताराखोला गाउँपालिका वडा नं. १ का २१ वर्षीय नितेष घर्तीमगर, काठेखोला गाउँपालिका वडा नं. ५, का २० वर्षीय मोहन श्रीस, तथा बाग्लुङ्ग नगरपालिका वडा नं. ३ का २१ वर्षीय सौरव पुन रहेका छन् ।
उनीहरुको साथबाट नुफ्रिन, ५० थान, डायजेपाम ५१ थान, प्रेथोनिज ५२ थान तथा सिरिन्ज दुई थान बरामद गरिएको सूचना अधिकारी पचभैंयाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा सबैजना मोटरसाइकलमा सवार भएको र उनीहरु सवार मोटरसाइकलसहित चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।