२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २४, २०७८

काठमाडौँ – नागार्जुन नगरपालिका–६ डाँडापौवामा एकै परिवारका ५ जना अचेत अवस्थामा फेला परेका छन् । उपचारका लागि अस्पताल लगिएका एक जनाको मृत्यु भएको छ ।

सोमबार साढे ९ बजेतिर डाँडापौवास्थित एउटा घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिइ बस्ने डल्लु स्थायी घर हुने परिवारका मानिसहरु नाम नखुलेको विषादी औषधि सेवन गरी बेहोस अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भू तथा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

अचेत अवस्थामा रहेका ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भिममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान, ३३ वर्षीय सुर्वणमान प्रधान र ११ वर्षीया सुप्रिया प्रधान हुन् । प्रहरीका अनुसार ३३ वर्षीय सुर्वणमान प्रधानलाई साढे १० बजे मृत घोषणा गरिएको थियो । अचेत अवस्थामा फेला परेकाहरुलाई तत्काल उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगेर उपचार थालिएको थियो ।

विषादी सेवनबारे कारण र समय नखुलेको प्रहरीले बताएको छ । घटनाबारे प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]