
सप्तरी – रुसमा आइतबार युक्रेनमा गरेको आक्रमणको विरोधमा प्रदर्शन गर्ने ४६ सय भन्दा धेरै पक्राउ परेका छन्।
रुसी अधिकारी र मानव अधिकार समूहले दिएको जानकारीअनुसार राजधानी सहर मस्कोमा मात्र १७ सयभन्दा धेरै मानिसहरु पक्राउ परेका छन्।
अधिकारवादी संस्था ओभीडीका अनुसार आइतबार रुसका विभिन्न ५३ सहरबाट युद्धको विरोध गर्ने मानिसहरुलाई पक्राउ गरिएको हो।
सरकारले युद्धको विरोधमा प्रदर्शन गर्न रोक लगाए पनि रुसका सहरमा प्रदर्शन भने रोकिएको छैन।
पछिल्लो ११ दिनमा रुसबाट १० हजारभन्दा धेरै मानिस पक्राउ परिसकेका छन्।
रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। त्यसयता उसले आक्रमण निरन्तर जारी राखेको छ।
रुसको यो आक्रमणको विरोधमा विश्वभर प्रदर्शन भइरहेको छ तर रुसले भने युक्रेनमाथिको आक्रमण झन् बढाउँदै लगेको छ।