२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २१, २०७८

सप्तरी – सप्तरीको राजविराज भन्सार कार्यालयले भारतबाट तेल र चिनी आयात गर्न रोक लगाएको छ । कार्यालयले सूचना जारी गर्दै हिजो (शुक्रवार)देखि तेल र चिनी आयातमा रोक लगाएको हो ।

त्यस्तै, एक सय रुपैयाँभन्दा बढीको मालवस्तु आयातमा पनि भन्सार महशुल अनिवार्य गरेको छ । कार्यालयले भन्सार ऐन र नियमावली २०६४ र आर्थिक ऐन २०७८ अनुसार एक सय रुपैयाँभन्दा बढी मूल्यको मालवस्तु खरिद गरेर ल्याउँदा भन्सार महशुल अनिर्वाय गरेको हो ।

त्यस्तै, खाद्यान्न सामग्री, लत्ताकपडा, भाँडाकुँडाको हकमा पनि भन्सार महशुल अनिवार्य तिर्न भनेको छ भने भन्सार महशुल नतिरी सामान आयात गर्दा सामान जफत हुनुकासाथै नियमानुसार कानूनी कारवाही समेत हुने कार्यालयमा सूचनामा उल्लेख छ ।

यस्तो छ कारण

राजविराज भन्सार प्रमुख दिपेन्द्रकुमार झाले कानूनअनुसार नै तेल र चिनी आयातमा रोक लगाइएको बताए ।

‘चिनीको हकमा राज्यले निश्चित भन्सारबाट कोटाअनुसार आयात गर्दै आएको छ, सोहीअनुसार नै यहाँबाट चिनी आयात गर्न नपाउने हो’ उनले के छ खबर लाई भने–‘तेलको हकको आयात गर्दा गुणस्तरको प्रमाणपत्र लिनुपर्ने हुन्छ । त्यो प्रविधि यहाँ छैन्, भोली तेल खाएर कसैलाई समस्या भयो भने त्यो पनि समस्याकै विषय भएको त्यस्तो गर्नुपरेको छ ।’

उनका अनुसार उद्योग वाणिज्यले यहाँका व्यापार व्यवसायमा समस्या भएको भन्दै आफुसमक्ष राखेपछि सुरक्षा निकाय समेतको समन्वयनमा ती कार्यहरु कार्यान्वयतर्फ अगाडी बढाइएको जानकारी गराए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]