२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २१, २०७८

सप्तरी – सुर्खेतमा कालिकोटका एक व्यापारीको शंकास्पद मृत्यु भएको छ। नेपालगञ्जबाट ट्रकमा सामान बोकेर फर्कँदै गर्दा कालिकोट तिलागुफा नगरपालिका–३ का ३२ वर्षीय कृष्ण हमाल(मिनी)को शंकास्पद मृत्यु भएको हो।

शुक्रबार बेलुका नेपालगञ्जबाट मालबाहक ट्रकमा कालिकोट जाँदै गरेका हमालले सामान बढी हालेको विषयमा वीरेन्द्रनगरस्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा प्रहरीसँग विवाद भएको थियो। सो क्रममा प्रहरीले कुटपिट गरेको आफन्तको आरोप छ। नेपालगञ्जबाट भे १ क ९२२ नम्बरको ट्रकमा सामान लिएर आएका उनलाई प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाईते बनाएका उनीहरुले दाबी गरेका छन्।

ट्रकका दुई स्टाफलाई पनि प्रहरीले कुटपिट गरेको मृत्तकका काका कलमबहादुर हमालले बताए। आफूले त्यसो नगर्न भनेपछि आफूमाथि पनि प्रहरी जाइलागेको उनी बताउँछन्। ‘प्रहरीको कुटाइले तल्लो पेट र अण्डकोषमा चोट लागेको थियो,’ उनले भने, ‘उनीहरुलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।’

मृतक हमालको शव सुर्खेत अस्पतालमा राखिएको छ। कालिकोटबाट मृतकका आफन्त सुर्खेत आउँदै गरेका छन्। उनीहरुले हमालको शंकास्पद मृत्युको छानविन गर्न माग गरेका छन्। प्रहरीले भने यस विषयमा छानबिन भइरहेको जनाएको छ। ‘कुटपिटपछि मृत्यु भन्ने खवर आयो,’ सुर्खेत प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले भने, ‘विस्तृत विवरण बुझ्दै छौं। अनुसन्धानपछि सवै खुल्नेछ।’

सुर्खेत अस्पताल प्रा.लिका अनुसार हमाललाई शनिबार बिहान १०ः१५ बजेको समयमा दुई अपरिचित व्यक्तिले बेहोस अवस्थामा अस्पताल ल्याएका थिए। अस्पतालले विज्ञप्ती जारी गर्र्दै भनेको छ, ‘आकस्मिक कक्षमा ल्याएको र उक्त व्यक्तिलाई चेकजाँच गर्दा निज व्यक्तिमा कुनै पनि जिवितका चिह्नहरु नभएको र हस्पिटल ल्याउनुपूर्व नै मृत्यु भएको कुरा नीजको उपचारमा संग्लन डा.के.एन पौडेलको भनाई रहेको कुरा जानकारी गराउँदछौं।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]