
महोत्तरी – नेपाली कांग्रेस महोत्तरीको सभापतिमा नागेश्वर यादव चयन भएका छन् । १४ औं जिल्ला महाधिवेशनबाट यादव शनिबार सभापतिमा चयन भएका हुन् ।
शुक्रबार भएको निर्वाचनमा सभापतिका तीनै उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा सहमतिबाट यादव सभापति बनेका हुन् । शनिबार दोस्रो चरणको निर्वाचन तय भएको थियो । तर, नागेश्वरका निकटतम प्रतिद्वन्द्वी सुशील यादवले नागेश्वरलाई नै मानेर जाने सहमति गरेपछि निर्वाचन अधिकृत इन्द्र अधिकारीले यादवलाई जिल्ला सभापति घोषणा गरेका छन् ।
पहिलो चरणको निर्वाचनमा नागेन्द्र यादवले १ हजार ११ मत, सुशील यादवले ७ सय ७९ र बजरगं नेपालीले ३ सय ६ मत प्राप्त गरेका थिए । दुई यादव देउवापक्ष र नेपाली पौडेल पक्षबाट उम्मेदवार बनेका थिए ।