२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २१, २०७८

सप्तरी – नेटोको आलोचना गर्दै जेलेन्स्कीले भने–जति पनि मृत्यु हुनेछ त्यसको कारक तिमीहरु हुने छौ
युक्रेनले रुससँगको जारी युद्ध जित्न सक्ने र जित्ने अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकनले बताएका छन्।

बेलायती सञ्चारमाध्यम बीबीसीसँगको अन्तर्वार्तामा अमेरिकी विदेशमन्त्री ब्लिंकनले युक्रेनले रुसी आक्रमणलाई परास्त गर्नेमा आफू विश्वस्त रहेको बताएका हुन्।

युद्ध कति लामो चल्नेछ भन्न सक्ने अवस्था नरहेको बताउँदै उनले युक्रेनको जीत हुनेमा विश्वास रहेको उल्लेख गरे। उनले युक्रेनी नागरिकको प्रतिरक्षा क्षमताको प्रशंसासमेत गरे।

उनले भनेका छन्, ‘यदि रुसको चाहना हालको सरकारलाई हटाएर युक्रेनमा आफू अनुकूल कठपुतली सरकार स्थापित गर्ने हो भने चार करोड ५० लाखभन्दा बढी युक्रेनी नागरिकले कुनै न कुनै रुपमा त्यसलाई अस्वीकार गर्नेछन्।’

रुसी राष्ट्रपति पुटिनको योजनाअनुसार युद्ध अघि नबढेको हुन सक्ने ब्लिंकनले बताए। गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण गर्दै आएको छ।

यसैबीच अमेरिकामा भएको पछिल्लो सर्वेक्षणमा अधिकांश अमेरिकीहरु रुसबाट इन्धन आयात गर्न बन्द गर्नुपर्नेमा पक्षमा देखिएका छन्।

डेमोक्राटिक र रिपब्लिकन पार्टीसँग आवद्ध अधिकांश नागरिकहरुको धारणा युक्रेन युद्धलाई लिएर रुसबाट इन्धन आयात बन्द गरिनुपर्ने रहेको देखिएको हो।

अमेरिकाले हाल रुसबाट ५० करोड ब्यारेल इन्धन प्रतिदिन आयात गर्ने गरेको छ। यो अमेरिकाले गर्ने कुल इन्धन आयातको करिब १० प्रतिशत हो।

रोयटर्स र आइपिएसओएसले गरेको सर्वेक्षणमा सहभागी ८० प्रतिशतले रुसबाट इन्धन आयातमा प्रतिबन्ध गरिनु पर्ने बताएका हुन्।

यस्तै ७४ प्रतिशतले अमेरिका तथा नेटोले युक्रेनको आकाशलाई नो फ्लाइ जोन (उडान प्रतिबन्धित क्षेत्र) घोषित गर्नु पर्ने पनि बताएका छन्।

युक्रेनले रुसी आक्रमणलाई रोक्न नो फ्लाइ जोन घोषित गर्न नेटोसँग आग्रह गरेको थियो। तर नेटोले सो आग्रह अस्वीकार गरेको छ। त्यसपछि युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले नेटो निर्णयको आलोचना गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]