२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १९, २०७८

काठमाडौं – चीनले नेपालसँग जोडिएको संखुवासभाको सीमा किमाथांकाबाट सामग्री आयात हुनबाट रोक लगाएको छ । नेपालले यो सीमाबाट दैनिक रुपमा प्रयोग हुने खाद्यवस्तु, निर्माण सामग्री, उपकरणलगायतका अत्यावश्यक वस्तु आयात गर्ने गरेको थियो ।

अहिले चिनियाँ अधिकारीहरुले आयात ठप्प पार्दा यस क्षेत्रका स्थानीयवासीलाई संकट परेको छ । सरकरी पक्षबाट सीमा सञ्चालनमा ल्याउन पहल भएपछि अहिले त्यसबारे तयारी भइरहेको छ ।

चीनले कोभिड-१९को महामारी शुरु भएयतादेखि यीलगायतका अन्य सीमामासमेत नेपाली सामान बोकेका ट्रक र कन्टेनरहरुलाई रोक्न थालेपछि नेपाली व्यापारीहरु मर्कामा पर्ने गरेका छन् ।

नेपाल र चीनबीचको व्यापारमा ठूलो गिरावट आएको छ भने नेपालले निर्यात गर्न पाइरहेको छैन ।

यस विषयमा ल्हासाका नेपाली महावाणिज्य दूत नवराज ढकालले चीनको टार पोर्ट र वाणिज्य सम्बन्धित अधिकारीहरूसँग भेटवार्ता गर्दै केरुङबाट नेपाल जाने कार्गोको सङ्ख्या बढाउने विषयमा छलफल गर्ने गरेको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]